kumari
stcnepal

नाट्टाको निर्वाचनमा आज थापा र बस्नेतको प्यानल बीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)को निर्वाचनमा लोकतान्त्रिक र वामपन्थीका छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

नाट्टाको आज हुन लागेको निर्वाचनमा नेपाली कांग्रेस निकट रमेश थापा र वामपन्थी निकट विनय बस्नेत प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् । बस्नेत हाल नाट्टा कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुन् । उनी कोशी टुर एण्ड ट्राभल्सका सञ्चालक हुन् । उनको प्यानल बाट वरिष्ठ उपाध्यक्ष पदमा सुधीरकुमार उपाध्याय पौडेल र उपाध्यक्षमा सुनिल शर्मा (खतिवडा) उम्मेदवार छन् ।

यसैगरी जिस्वाँ तुलाधर श्रेष्ठ महासचिव, प्रज्ञा शर्मा पाठक सचिव, सुदर्शन नेपाल कोषाध्यक्ष र गीता ढकाल सहकोषाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । मनसुन ट्राभल्सका सञ्चालक थापा नेतृत्वको प्यानल बाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल र उपाध्यक्षमा बरुण मेहता उम्मेदवार छन् । यसैगरी महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य उम्मेदवार छन् ।

 

 

 

footer