kumari
stcnepal

अमेरिका र मेक्सिको विश्वकपमा छनोट भयो

काठमाडौं । उत्तर अमेरिकी राष्ट्र मेक्सिको र अमेरिका विश्वकपमा स्थान पक्का गरेका छन् ।

मेक्सिको एल्साल्भाडोरलाई २-० गोल अन्तरले हराउँदै कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बर सम्म आयोजना हुने विश्वकपमा छनोट भएको हो । उत्तर अमेरिकी क्षेत्रको छनोटको अन्तिम खेलमा कोष्टारिका सँग २-० ले हारेर पनि अमेरिका विश्वकपमा छनोट भयो । अमेरिका सँगको खेल जितेको कोष्टारिका गोल अन्तरले पछि परेको हो ।

समान २५ अंक भए पनि अमेरिकाको गोल अन्तर ११ र कोष्टारिकाको ५ भयो । यो खेलमा अर्को थप ४ गोल गरेको भए कोष्टारिकाले विश्वकपमा स्थान सुरक्षित गर्ने थियो । कोष्टारिकाले विश्वकप छनोटमा अब ओसियना क्षेत्रको न्यूजिल्याण्ड सँग अन्तर महादेशीय प्रतिस्पर्धा गर्नु पर्ने छ ।

 

 

 

footer