kumari
stcnepal

भारत भ्रमणमा प्रधानमन्त्री देउवा संग ४ मन्त्री सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्री सहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदी सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

footer