kumari
stcnepal

पीएनजीलाई २०४ रनको लक्ष्य दियो नेपालले

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि त्रिकोणात्मक टी२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्रले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ६६ रन बनाए । यसै खेल बाट टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले आक्रमक ब्याटिङ गर्दै ३१ रन बनाए । उनले ११ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्रले १९औं ओभरको अन्तिम बलमा आउट हनुअघि ४ ओभर ४ बलमा आदिल अन्सारी सँग मिलेर ७६ रनको साझेदारी गरेका थिए । यस्तै रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडे ।

 

 

 

footer