kumari
stcnepal

संसद बाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद बाट अनुमोदन हुँदैमा अमेरिकी सहयोग परियोजना एमसीसी लागू हुन नसक्ने बताएका छन् ।

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले अपर कर्णालीलाई आफूहरुले नै रोकेको बताए । ‘दैलेख र अछामको बीचमा हिमालको जरा बाट कर्णालीलाई अपहरण गरेर लखनउ पुर्‍याउने षड्यन्त्र नेपालमा चल्यो’ उनले भने, ‘त्यस विरुद्ध तपाईँ हामी सबैले आवाज उठायौं, हाम्रो पार्टीले मोर्चा कसेर लड्यो । अहिले पनि त्यो रोकिएको छ ।’

अब एमसीसी विरुद्ध मोर्चा बनाएर लड्नुपर्ने उनले बताए । ‘संसदको स्वीकृतिले एमसीसी लागू गर्न सकिँदैन, दलालहरुको आत्मसमर्पणले एमसीसी लागू हुन सक्दैन,’ विप्लवले भनेका छन्, ‘एमसीसी विरुद्ध मोर्चा खोल्नुपर्छ ।’

footer