kumari
stcnepal

अध्यक्ष दाहाल चलाखीकोे रणनीतिमा

काठमाडौ । यतिबेला मुलुक रोइरहेको छ । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु समेत लकडाउनमा बसेका छन् । सत्ताधारी दल र नेकपाकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम तथा नियन्त्रण गर्न अनेक उपाए गरेपनि कोरोना भाइरसको विरामीहरु बढिरहेका छन् । सरकारले बेलैमा बुद्धि पुर्याउन नसकेको र सरकरका मन्त्रीहरुले नै नेपाल कोरोना भाइरस मुक्त देश रहेको अभिव्यक्ति दिएको हुनाले नै विश्वभरमै कोरोना भाइरस फैलिरहेको बेला नेपालमा भने विदेशी पर्यकहरुको ओइरो लागेको थियो ।

पछिल्लो समयमा विदेशमा बस्ने व्यक्तिहरु समेत नेपाल फिर्ता आउने क्रम बढ्दै गएकोले उक्त भाइरस पनि उनीहरुसँग नै नेपाल भित्रिएको थियो । पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिहरुमा मात्र कोरोना भाइरसलागेको थियो भने पछिल्लो समयमा नेपालमै रहेकी एक महिलालाई समेत कोरोना भाइरस लागेको पुष्टि भएपछि नेपाली जनता थप आतंकित बनेका छन् ।

यस्तो संकटपूर्ण अवस्थामा सत्ताधारी दल र सरकार अझ सक्रिय हुनुपर्नेमा सत्ताधारी दल भने सुनेको नसुनेजस्तै देखिएको छ । नेपालले यसअघि पनि महत्वपूर्ण निर्णयहरु आफ्नो सचिवालय बैठकबाटै गर्दै आएकोमा अहिले सचिवालयको बैठक सम्म बस्न सकेको थिएन भने २५ गतेमात्र सचिवालयको बैठक बसेपनि सदस्यहरुले समेत निस्कृय रहेका छन् । पार्टीका एक अध्यक्ष प्रधानमन्त्री रहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत राजनीतिक फाइदाका आंकलन गर्दै चुपचाप घरमै बसेका छन् । भने पार्टीका उपाध्यक्ष वामदेव गौतम त नाम निसानै छैन ।

पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल सहित प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको बैठक बोलाउन माग गरिरहेका भएपनि अध्यक्षद्वयले वेवास्ता गरिरहेका अहिले नेकपाकै नेताहरुले आरोप लगाउँदै आएका बेला सचिवालयको बैठक बसपनि कुनै निर्णय भने गर्न सकेको छैन । हाम्रो छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस फैलिएपछि एक महनिाको समयमा भारतीय प्रधानमन्त्रीले ३ पटक जनताका नाममा सन्देश दिइसकेको भएपनि हाम्रा प्रधानमन्त्रीले भने दुई पटक सन्देश दिएर सरकारी निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्रीको मिगौला प्रत्यारोपण गरेका उनले त्यति सक्रियता देखाउन नसकेपनि अर्का अध्यक्षले पार्टीको कामका लागि सक्रियता दोउनुपर्नेमा उनीपनि मरिन्छ कि भन्ने डरले चुपचाप घरमा बसेका हुनाले जनता भने बेसहारा जस्ता भएका छन् ।

लकडाउन गर्दा जनता घरमै बस्न बाध्य भएका छन् । ठीक यतिबेला उद्योगी र काला व्यापारीहरुले अत्यावश्यक सामानको मूल्यबृद्धि गरेर जनतालाई मारमाथि मार थपिरहेपनि सरकारले त्यसतर्फ ध्यान पु¥याउन सकेको छैन । आफ्नो पार्टीको ८ लाख सदस्य रहेको उद्घोष गर्ने पार्टी अध्यक्षहरुले जनतालाई संकट परेको बेला किन आफ्ना कार्यकर्ताहरुलाई जनताको सेवाका लागि परिचालन गर्न सकेनन् भन्ने प्रश्न उब्जिएको छ । पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल भने कोरोना भाइरसका कारण ओली सरकार असफल भएको दोष दिइरहेका छन् । त्यसैले उनी चुपचाप बसेका छन् । ओली सरकार असफल भएको खण्डमा आफ्नो पालो आउने भन्दै उनी चुपचाप बस्नुको अर्थ के हो । उनी सरकारलाई सहयोग गर्न चाहँदैनन् ।

जनता संकटमा पर्दा सबै पार्टीहरु एकजुट भएर जनताको सेवामा लाग्नुको बदला सत्ता स्वार्थमा लिप्त हुनु भनेको सरकारको मात्र नभएर पार्टीहरुकै असफलता र अकर्मण्यता हो । त्यसैले भन्न करै लाग्दछ जनता नै नभएको खण्डमा कसलाई राज गर्दछौ ए पार्टीहरु हो । जनतालाई उत्तर देऊ ।

footer