kumari
stcnepal

ट्वीटरमा सक्रिय पूर्वराज

काठमाडौं । पूर्वराजाले कोरोनासँग लड्न हिमानी ट्रष्टमार्फत सरकारलाई २ करोड दिएपछि चर्चामा आएका हुन् । त्यसपछि राजा सक्रिय हुन थाले कि भनेर कम्युनिष्टहरु राजाले दिएको २ करोडको स्रोत के हो भन्दै थिए, पूर्वराजा अरु दूई थान ट्वीट गरिदिए ।

राजाको ट्वीट यस्तो थियो– कोरोना महामारीको यस संकटमा मात्र नभै देश आफ्ना नागरिक प्रति सदा जवाफदेही हुनैपर्छ र नागरिक आफ्नो राज्य प्रति उत्तरदायी । मातृभूमिको भार, माया र नागरिक प्रतिको आफ्नो दायित्व बिर्सेर धनको लोभ, लालचमा फसेका व्यापारीवर्गले नागरिक बिनाको आफ्नो अस्तित्व कसरी कल्पना गर्न सक्छन् ?

संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस् । राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ । यसपछि पूर्वराजाको पक्षमा सिंगो मुलुक एक भएर बोलिरहेको छ । तर भ्रष्टहरुलाई मुलुकको चिन्ता भए पो…।

footer