kumari
stcnepal

राष्ट्रपति र प्रधानमन्त्रीको आश्वासनमा काग्रेस डुब्दै

काठमाडौँ । स्थानीय तहको चुनाव जतिजति नजिकिदै छ, उतिउति राजनितिक दल र सम्भावित उम्मेदवारहरुको ढुकढुकी बढ्दै गएको छ । सम्भावित उम्मेदवारहरुलाई पार्टीले टिक देला कि नदेला भन्नेमा चिन्ता रहेको छ भने जनताले आफूलाई भोट देलान की नदेलान भन्नेमा पनि चिन्ता रहेको छ । पार्टीबीचमा गठवनधन भएमा आफ्नो टिकट काटिने चिन्ताले सम्भावित उम्मेदवारहरुलाई सताउन थालेको छ । निर्वाचन आई सक्यो तर कुन पार्टीले कहाँ कहाँ टिकट पाउने भन्नेमा गठवन्धनबीचमा कुनै निर्णय हुन सकेको छैन । गठवन्धन बन्न सकेको खण्डमा सबै भन्दा बढीफाइदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई हुनेछ भने सबै भन्दा घाटा नेपाली काग्रेसलाई नै हुने प्राय निश्चित रहेको छ । आफूहरुलाई फाइदा हुने भएरै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गठवन्धन हुनु पर्दछ भन्दै जस्तो सुकै सर्तमा पनि गठवन्धन वनाउन लागि परेका छन् । गठवन्धन नबनेका खण्डमा सबै भन्दा बढी फाईदा काग्रेसलाई नै हुने प्रष्ठ देखिएको छ ।

नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा जसरी भएपनि गठवन्धन वनाउनु पर्ने पक्षमा रहेका छन् । त्यस्को एउटै कारण हो आउदो ससदीय चुनावमा समेत काग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीले गठवन्धन नै गरेर निर्वाचनमा जाने र पुन देउवालाई नै प्रधानमन्त्री वनाउने आश्वासन दाहाल नेपालले देउवालाई दिएका हुनाले देउवाले आफ्नो पार्टीलाई खाल्डोमा हालेरै भएपनि गठवन्धन नै बनाउने रणनिति लिएका छन् । काग्रेस नेता रामचन्द्र पौडेल र शेखर कोइराला मिल्न सक्ने सम्भावना देखेपछि देउवा, दाहाल र नेपालले पौडेललाई ससदीय निर्वाचन पछि राष्ट्रपति बनाईदिने आश्वासन दिएका छन् । त्यही आश्वासनका कारण अहिले पौडेल र देउवाका एउटै बोली रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल झुठको खेती गर्न माहिर रहेका छन् । उनी आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार रहने गरेका र उनलाई माधव नेपालले समर्थन गर्ने गरेका हुनाले संघीय ससदको निर्वाचनको परिमाण पछि दाहालले बोली फेर्न सक्ने उनको विगतले देखाएको छ । गिरीजा प्रसाद कोइरालालाई राष्ट्रपति बनाउने उद्घोष दाहालले नै गरेका भएपनि अन्तिम समय उनले वोली फेरेका थिए । आफ्नो स्वार्थ पुरा भएपछि दाहालले काग्रेसलाई बोकी रहनु पर्ने आवश्यकता रहदैन । त्यसैले काग्रेसले दाहाल नेपालको भनाईलाई पत्याएर गठवन्धन गर्नु भनेको काग्रेसको लागि आत्महत्या गर्नु सरह हुन सक्छ । कम्युनिष्ठहरु विभाजित भएको अवस्थामा काग्रेस एक्लै निर्वाचनमा गएपनि उनै सबै भन्दा ठूलो पार्टी बन्न सक्ने सम्भावना रहेको भएपनि किन काग्रेसले नै त्यसलाई रोक्न खोजिरहेका छ । देउवा फेरी काग्रेसको सभापति बन्न नपाउने भएकाले देउवाले काग्रेसलाई घर न घाटको पु¥याएर छोड्ने रणनिति लिएरै भएपनि फेरी प्रधानमन्त्री बन्ने दाउँमा उनी रहेका छन् ।

footer