kumari
stcnepal

काग्रेसले एमालेलाई रोक्न खोज्दा आत्मघाती कदम अपनाँउन तयार देउवा र पौडेलको चहानाले काग्रेस फेरी संकटमा

काठमाडौँ । २०७९ वैशाख ३० गते एकै पटक ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुने भएपछि राजनितिक दलहरु जोड घटाउनमा रमाउदै गठवन्धनको तयारीमा लागेका छन् । पाँच दलिय सत्ता गठवन्धनले गठबन्धन नै गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले आवश्यकताको सिद्धान्तन अनुसार स्थानीय तहमा गठवन्धन गर्ने निर्णय गरेपछि मुख्य गरी माओवादी केन्द्र् र नेकपा एकीकृत समाजवादी पार्टी काग्रेसको सो निर्णय पश्चात आशंकित रहेका छन् । काग्रेसका नेताहरुले सबै तहमा गठवन्धन हुन नसक्ने र आफ्नो पार्टी कमजोर रहेको स्थानीय तहमा मात्र गठवन्धन गर्ने उद्घोष गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई छटपटी बढेको छ ।

काग्रेसका नेताहरुले आफ्नो पार्टी सबै स्थानीय तहमा बलियो अवस्थामा रहेको भएपनि संघीय ससदको प्रमुख विपक्षी दल बलियो अवस्था रहेका हुनाले उसलाई पराजित गर्नमात्र अन्य दलहरु सँग गठवन्धन गर्नु परेको बताईरहेका सोही कारणले गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई छटपटी बढेको छ । काग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको ध्यान छ वटा महानगरमा बढी केन्द्रीत रहेको छ । त्यसपछि उनीहरुको ध्यान ११ वटा उपमहानगर र नगरपालिकाहरुमा बढी रहेको छ ।

६ वटा महानगरपालिका मध्येका ललितपुर महानगर र विराटनगर महानगरपालिका २०७४ सालमा भएको निर्वाचनमा काग्रेसले जित हात पारेको कारण अहिले पनि ति दुवै महानगर पालिका आफ्नो पार्टीले पाउनु पर्ने बताईरहेको छ । काग्रेस र माओवादीको गठवन्धन बनेकोले पुष्पकमल दाहालको गृह जिल्लाको महानगर पालिक भरतपुरमा माओवादीले जितेको हुनाले अहिले पनि उक्त महानगर पालिका आफ्नो पार्टीले पाउनु पर्ने अडानमा माओवादी केन्द्र रहेको छ । उक्त महानगरपालिकामा काग्रेसले नछोड्ने आफ्नो अडानमा माओवादी केन्द्र स्थानीय तहमा नेताहरुले लिईरहका छन् । महानगरपालिका र उपमहानगरपालिका मा उम्मेदवार केन्द्रवाट निर्णय गरीने भएकोले गर्दा माओवादी केन्द्र अध्यक्ष दाहाल स्थानीय तहका नेताहरुले जे भनेपनि केन्द्रवाटै निर्णय हुनु भएकाले गर्दा उक्त महानगरपालिका आफ्नो पार्टीले पाउनेमा ढुक्क रहेका छन् ।

सत्ता गवठवन्धनमा रहेका एकीकृत समाजवादी नेकपा एमालेवाट विभाजित भएर गठन भएको र समाजवादी पार्टी पहिलो पटक निर्वाचनमा गएको हुनाले उस्ले पहिला एमालेले जितेका काठमाडौँ र पोखरा महानगरपालिका मध्यका एउटा पाउनु पर्ने अडान लिदै आएको छ । वीरगञ्ज महानगर पालिकामा २०७४ मा जनता समाजवादी पार्टीले जितेको भएपनि उक्त महानगरपालिका मेयर हालै नेकपा एमालेमा प्रवेश गरेका हुनाले काग्रेसले उक्त महहानगरपालिकामा आफ्नो पार्टी वलियो रहेकाले आफुले पाउनु पर्ने अडानमा रहेको भएपनि जसपाले आफैले पाउनुपर्ने अडान लिएको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसमा सभापति शेरवहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठवन्धनमा ल्याउने र सरकारमा समेत सहभागी बनाउने रणनिति लिएका हुनाले लोसपाले समेत एउटा महानगरपालिका आफ्नो पार्टीले पाउनु पर्ने अडान लिन सक्ने भएकाले गर्दा सत्ता गठवन्धनलाई भागवण्डा मिलाउनै फलामको च्युरा चपाउनु सरह भएको छ ।
मुलुकको सबै भन्दा ठूलो र संघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमाले भने एक्लै निर्वाचनमा जान सक्ने सम्भावना बढेको छ । पाँच दलिय गठवन्धनमा रहेका दलहरु एक्ला एक्लै निर्वाचनमा जान सक्ने अवस्था नै छैन । नेकपा एमालेमा दिनहुँ जसो हजारौ नेता तथा कार्यकर्ताहरु प्रवेश गरीरहेका छन् । पूर्वलडाकुदेखी अन्य राजनितिक दलका प्रभावशाली नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरीरहेका हुनाले काग्रेसले समेत एक्लै निर्वाचनमा जान सक्ने अवस्था नभएको र नेकपा एमाले नै बलियो रहेकोले गर्दा गठवन्धन गर्नु परेको बताई रहेकोले गर्दा निर्वाचन अघि नै पाँच दलिय गठवन्धनले हार स्वीकार गरी सकेको जस्तो देखिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ७ सय ५३ वटा स्थानीय तह मध्येका २ सय ९४ वटामा जित हासिल गरेको थियो भने काग्रेसले २ सय ७४ वटामा जित हासिल गरेको थियो । नेकपा एमाले विभाजित भएपनि एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका थोेरै जनप्रतिनिधिहरु मात्र गएकाले गर्दा एकीकृत समाजवादी पार्टी एक्लै निर्वाचनमा गएको खण्डमा नगन्य संख्यामा मात्र जित हासिल गर्न सक्ने सम्भावना देखेरै माधव नेपालले गठवन्धनको रटान रटेर गठवन्धनको सहरा लिएका हुन् । गठवन्धन कै सहरा लिएपनि एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा खासै उपलब्धि हासिल गर्न सक्ने सम्भावना नै देखिएको छैन ।

प्राय सबै राजनितिक दलहरु विभाजित भएको अवस्थामा नेपाली काग्रेस एकजुट भएर स्थानीय तहको निर्वाचनमा गएको भए स्थानीय तहमा धेरै जनप्रतिनिधिहरुलाई जिताउन सक्ने अवस्था रहेपनि काग्रेसका सभापति देउवाको फेरी अर्को पटक प्रधानमन्त्री बन्ने चहाना र पार्टीका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने आश्वासनले गर्दा काग्रेसले आफुले पाएको सुर्वण अवसर गुमाउने भएको छ । गठवन्धनमा रहदा काग्रेसका धेरै नेता तथा कार्यकर्ताहरुले टिकट नपाउने भएकाले गर्दा तल्लो तहमा रहेर काम गरेका नेता तथा कार्यकर्ताहरु रुष्ट भएर निर्वाचनको बेला निस्किय हुने र विपक्षी दललाई नै समर्थन गर्न सक्ने सम्भावना रहेको काग्रेस कै नेताहरुले वताउन थालेका हुनाले देउवा र पौडेलकै चाहानाका कारण काग्रेस आत्माघाती बाटो अपनाउन तयार रहेको उनीहरुले वताएका छन् । यसरी प्रतिपक्षी दल एमालेलाई रोक्न खोज्दा काग्रेस आफै थला पर्न सक्ने सम्भावना रहेको उनीहरुले बताएका छन् । काग्रेसको लागि यो आत्माघाती कदम बाहेक अन्य केही हुन सक्दैन भन्ने उनीहरुको ठहर रहेको छ ।

footer