kumari
stcnepal

पार्टीहरुको कमिशन मोहमा अन्धदृष्टि

काठमाडौं । १७ अर्बको भ्यू टावर बन्दै रहेछ । जहाँ जहाँ टावर बन्दैछन्, ती आफैमा टावरजस्तै अग्ला ठाउँ हुन् । अग्ला ठाउँमा टावर किन चाहियो ? यसको अर्थ एउटै छ– ठेकेदारलाई पोस्ने, कमिशन कुम्ल्याउने । कतिपय भ्यू टावरमा त करोडौं भ्रष्टाचरा भएको सोझै देख्न सकिन्छ ।

विश्लेषकहरु भन्छन्– भ्यूटावर अब सगरमाथामा मात्र ठड्याउन बाँकी रहने भयो । नेतृत्व कतिसम्म अन्धा छन् भने स्कूल खोल्दैनन्, उपचार नपाएर बाटैमा सुत्केरी हुन्छन्, मर्छन् । तिनका लागि अस्पताल खोलिदिएका भए पार्टीको प्रशस्ती नै हुन्थ्यो ।

कमिशनमा लागेर नेताहरुले नकाम बढी गरेका छन् । यस्ता पार्टी र नेतालाई मतदान गरेर जनताले जिताए भने दोष जनताको हुनेछ ।जनताले गलत नेतालाई दण्डित गर्ने यही बेला हो ।

footer