kumari
stcnepal

५ जना डिएसपीको काज सरूवा

काठमाडौं । नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा गरिएको छ । पाँच जनाको सरुवा सँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन्।


महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

footer