kumari
stcnepal

कांग्रेस भित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिंदा राम्रो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस भित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरु पार्टीमा बस्नु भन्दा बाहिरिंदा राम्रो हुने बताएका छन् ।

आज नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णय प्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी चुनावमा गठबन्धन गर्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केही नेताहरुले गठबन्धन गर्न नहुने बताउँदै आएका छन् ।

कार्यक्रममा नेता सिंहले यसपटक चुनावमा कांग्रेसका नेता–कार्यकर्ताको गतिविधिको एक–एक हिसाब हुने समेत बताए । विगतका निर्वाचनमा पनि अन्तरघात हुने गरेको थियो । अन्तरघात गर्नेहरुलाई कांग्रेसले कारबाही समेत गरेको थियो ।

 

 

 

footer