kumari
stcnepal

भारतले बिजुलीको अधिक मूल्य प्रति युनिट भारु १२ तोक्यो, नेपाललाई राहत

काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रति युनिट अधिकतम् भारु १२ रुपैयाँ सम्म मात्रै बिजुली किनबेच हुने छ ।

यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रति युनिट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२ मा झारेको हो । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्न सक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराईका अनुसार अब भारत बाट भारु १२ सम्म ‘बिड’ (बोलकबोल) गरेर विद्युत खरिद गर्न सकिनेछ ।

रुस-युक्रेन युद्धका कारण भारतका काइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ । यसका कारण अभावको अवस्था रहेपछि भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रति युनिट २० रुपैयाँ सम्म पुगेको छ । अब भने भारु १२ भन्दा बढ्न नपाइने व्यवस्था भएकाले अत्यावश्यक बेलमा नेपालले प्रति युनिट २२ रुपैयाँ सम्म बिजुली किन्न सक्ने अवस्था आएको प्रवक्ता भट्टराईले बताए । यसअघि ३८ रुपैयाँ बिड गर्दा पनि प्राधिकरणलाई बिजुली पाउन मुस्किल पर्दै आएको थियो । यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो ।

 

 

footer