kumari
stcnepal

देउवाले सीमा सम्बन्धी मुद्दा उठाउदा भारतीय प्रम मोदी मौन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत बीचको सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग छलफल भएको बताएका छन् ।

दिल्ली स्थित हैदराबाद हाउसमा दुवै समकक्षीहरूले संयुक्त रूपमा गरेको प्रेस सम्मेलनका क्रममा देउवाले यस्तो बताएका हुन् । ‘हामीले दुई देश बीचमा भएको सीमा मुद्दाका विषयमा छलफल गरेका छौ,’ उनले भने, ‘यो विषयमा मोदीजीले द्वीपक्षीय संयन्त्र स्थापित गरेर छलफल गर्ने बारे हामी सहमत भएका छौँ ।’ यद्यपि सीमा समस्याका विषयमा भारतीय प्रधानमन्त्री मोदीले भने मुख खोलेनन् ।

यस्तै प्रधानमन्त्री देउवाले दुइ देश बीचको सम्बन्ध सदीयौं पुरानो रहेकाले यसलाई अझैं सुदृढ बनाउनुपर्नेमा दुवै समकक्षी सहमत भएको बताए । यस बाहेक आपसी सम्बन्ध, दुई देशको विकास, व्यापार गायतका विषयमा गहन छलफल भएको उनले बताए । भूकम्प र कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि प्रधानमन्त्री देउवाले प्रशंसा गरे ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धको मिसाल विश्वमै नरहेको बताए । नेपाल–भारत अनादीकाल देखि नै सुखदुखको साथी रहेको बताउँदै उनले नेपालको विकासका लागि भारत जहिल्यै तत्पर रहेको बताए । दुई समकक्षी बीचमा परस्पर सम्बन्ध, विकास, सांस्कृतिक संरक्षण लगायतका विषयमा गम्भीर भएर छलफल भएको बताए ।

footer