kumari
stcnepal

मलेसिया माथि नेपालकाे सानदार जित

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साता भित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयाे ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेकाे नेपाल अपराजित रहँदै शीर्ष स्थानमा रह्याे ।

मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दाेस्राे स्थानमा रहेर फाइनल पुग्याे । अब नेपालले फाइनलमा पीएनजी सँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

footer