kumari
stcnepal

प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदी बीच सीमा समस्या बारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी सँग भएको भेटमा सीमा समस्या बारे छलफल गरेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदी बीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।

लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्या बारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरु मार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’ प्रधानमन्त्री देउवाले नेपालका लागि भारत सँगको सम्बन्ध महत्वपूर्ण रहेको भन्दै भारतले पछिल्लो समय हासिल गर्को व्यापक आर्थिक रुपान्तरणको फाइदा लिन नेपाल आतुर रहेको बताए ।

भारत सँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा कुराकानी भएको पनि उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मोदी सँगको कुराकानीमा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुर बाट एयर इन्ट्री रुट माग गरेको पनि बताए । त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सहज बनाउन पनि भारतलाई आग्रह गरेको देउवाले बताए ।

प्रधानमन्त्री देउवाले नेपालको विद्युत उत्पादन र निर्यातका लागि दुई देश बीचको ऊर्जा निर्यातमा दुई देश बीच उच्चस्तरको सहकार्य आवश्यक भएको बताएका छन् । उनले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिएको पनि बताए । दुईपक्षीय छलफलमा जलविद्युत उत्पादन प्रशारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विजुली किन्न आग्रह पनि गरेका छन् ।

footer