kumari
stcnepal

के गाउँ के शहर सबैतिर राप्रपाको लहर : अध्यक्ष लिङदेन

मोरङ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन्। मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर।’

मोरङको रतुमाईमा स्थित दाम्राभिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाए। यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छ भन्दा पश्चाताप बाहेक केही हात नपर्ने उनले बताए। कांग्रेस, एमाले र माओवादीले पटक–पटक देश विकासको नेतृत्व गर्ने अवसर पाए पनि उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ। अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन्।

उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बरबादीको दिशातर्फ धकेल्ने काम हुने बताए। यस्तै शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए। नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ। उनले भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नुपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ। उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नु पर्दैन। सिंगो देश र जनताले क्षति व्यहोर्नु पर्नेछ।

नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए। जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे। ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, उनले भने।

 

 

 

footer