kumari
stcnepal

गठबन्धन संस्कृतिको भण्डार फोर गरौ : त्रिपाठी

काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ।सत्तारुढ दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो।

शनिबार बाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका नेता डा. शिवजी यादवले दललाई रोजेर जनताले मत दिने अधिकार कटौती गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे। त्यस अवसरमा उनले आफ्नो पार्टीले आमजनता र खासगरी किसानको माग सम्बोधन गर्न लागिपरेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गरे।

नेता यादवले भने, ‘निर्वाचनमा जाँदा गठबन्धन गरेर जान हुन्न। त्यहाँ चाहिँ दलहरू आ–आफ्नो विचार बोकेर जनतामा जाने हो। जुन विचारलाई जनताले म्यान्डेट दियो, त्यसअनुसार उसले डेलिभरी दिने हो। त्यसको मूल्यांकन आवधिक निर्वाचनमा जनताले गर्छन्। दलीय व्यवस्थामा जुन गठबन्धनको संस्कृति छ। त्यो विरोध भाषी क्रियाकलाप हो। त्यो यथाशीघ्र रोक्नुपर्छ। म मिडिया मार्फत जनतालाई आग्रह गर्न चाहन्छु–दलीय गठबन्धन जुन छ, गठबन्धनको जुन संस्कृति छ। त्यसलाई तोड्न स्वतन्त्र उम्मेदवारलाई बढी भन्दा बढी, जनतालाई डेलिभरी दिने व्यक्तिलाई मत दिएर अगाडि बढाउनुहोस्। जनता र खासगरी किसानको कामलाई सम्बोधन गर्ने हाम्रो पार्टीलाई मत दिएर विजय गराउनुहोस्।’

जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तहको निर्वाचनमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ।

 

footer