kumari
stcnepal

ऐरीलाई निको हुन कम्तिमा ६ हप्ता लाग्ने, कुमको हड्डी भाँचिएपछि भयो शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसिया सँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ ।

उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ । डा.निरज केपी र डा. निराज केसीले उनको उपचार गरेका र उनको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २१ वर्षको ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ ।मलेसिया सँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।

 

 

 

footer