kumari
stcnepal

विवेकशील साझा पार्टीले खुलायो उम्मेदवार फारम

काठमाडौं । विवेकशील साझा पार्टीले स्थानीय चुनावका लागि उम्मेदवारको खोजीमा फारम खुलाएको छ।त्यसका लागि देशैभर राम्रा उम्मेदवारको खोजीमा रहेकोले फारम खुला गरिएको पार्टीले जनाएको छ। इमान्दार र सक्षम व्यक्तिहरूलाई पार्टीको चुनाव चिन्ह तराजु लिएर उम्मेदवार बन्न विवेकशील साझाले आह्वान गरेको अध्यक्ष रवीन्द्र मिश्रले उल्लेख गरेका छन्।

‘स्थानीय चुनावमा देशैभर हामी विवेकशील साझाका सहित बाहिरका पनि इमानदार/सक्षम व्यक्तिहरूलाई पार्टीको ‘तराजु’ चुनाव चिन्ह लिएर उमेदवार बन्न आह्वान गर्दछौँ,’ मिश्रले भनेका छन्, ‘तपाईं या तपाईंले चिनेको त्यस्ता व्यक्ति कोही हुनुहुन्छ भने यो छोटो/सजिलो फारम (https://bsp.org.np/looking-for-leaders/) भरिदिन अनुरोध गर्दछौँ।’

साथै विवेकशील साझाका प्रदेश संयोजक तथा इन्चार्जहरूलाई सम्पर्क गरेर पनि उम्मेदवार बारे जानकारी दिन सकिने पार्टीले जनाएको छ। विदेशमा रहेका नेपालीहरू स्वदेश फर्केर उम्मेदवार बन्न चाहने हो भने पार्टीका अन्तर्राष्ट्रिय समितिका संयोजक एसके श्रेष्ठलाई सम्पर्क गर्न पनि अध्यक्ष मिश्रले आग्रह गरेका छन्।

 

 

 

footer