kumari
stcnepal

वेदकोट नगरपालिकाको मेयर एमाले त्यागी एकीकृत समाजवादी प्रवेश गर्दै

धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले बाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्द सहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।

मेयर चन्द सहित वेदकोट नगरपालिकामा एमाले बाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । गत पुुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्ट सँग सचिव पदमा पराजित भएपछि पार्टी भित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् । पार्टी प्रवेश गर्न लागेका उनीहरुलाई आइतबार दिउँसो वेदकोट नगरपालिका–३ दैजी स्थित जयशंकर सामुदायिक वनमा आयोजना हुने कार्यक्रमका बीच अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

वेदकोट नगरपालिकाका करीब दुई दर्जन जनप्रतितिनिधि सहित गरेर पाँच सयको संख्यामा नेता तथा कार्यकर्ता एमाले बाट आफ्नो पार्टीमा प्रवेश गर्न लागेको दाबी एकीकृत समाजवादीको छ ।

footer