kumari
stcnepal

एमाले र राप्रपा नेपाल स्थानीय चुनावी गठबन्धनको सम्वादमा

काठमाडौं । नेकपा एमाले र राप्रपा नेपाल बीच ३० वैशाखमा हुने मा स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सम्वाद भइरहेको नेताहरुले बताएका छन् । तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई छाड्ने हो भने देशभर एमालेलाई सघाउन राप्रपा नेपालको नेतृत्व तयार देखिएको छ । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष ओलीलाई भेटेका छन् भने दुई पार्टीका अरु नेताहरुले पनि सम्वाद गरिरहेका छन् । ‘एक साता देखि कुराकानी भइरहेको छ,’ महामन्त्री सुशील श्रेष्ठले भने ।

एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल पनि राप्रपा नेपाल सँग अनौपचारिक सम्वाद चलिरहेको स्वीकार गर्छन् । राप्रपा बाट अलग भएका कमल थापाले डेढ महिना अघि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका थिए । उक्त पार्टीका महामन्त्री श्रेष्ठका अनुसार ७७ वटै जिल्लामा जिल्ला कमिटी बने पनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिने अवस्था छैन ।

एक्लै चुनावमा जाने अवस्था नभएकाले तालमेलका लागि एमाले सँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले भने, ‘एमाले सँग अनौपचारिक कुरा भइरहेको छ । सबै कुरा सकारात्मक ढंग बाट गयो भने एमाले सँग गठबन्धनको सम्भावना हुनसक्छ ।’ स्थानीय तह परिचालन विभागका संयोजक समेत रहेका श्रेष्ठका अनुसार देशभर कहाँकहाँ उम्मेदवार बनाउन सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।

केही स्थानीय पालिकाका प्रमुख वा उपप्रमुखका साथै ५९/६० वडाध्यक्ष तत्कालीन राप्रपाले जितेको भन्दै उनले भने, ‘यदि हाम्रो गठबन्धन भयो भने पहिला हामीले जहाँ जितेका छौं, त्यहाँ उहाँहरुले उम्मेदवारी नदिने, उहाँहरुले जितेको ठाउँमा हामीले नदिने हुनसक्छ ।’

 

 

 

footer