kumari
stcnepal

अनलाइन प्रविधि मार्फत राप्रपाले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सदस्यता वितरण, सदस्यता नवीकरण र चन्दा संकलन अनलाइन प्रविधि मार्फत गर्ने भएको छ । स्वदेश तथा विदेशमा रहेकाहरुले पार्टीको वेवसाइट मार्फत साधारण सदस्यता र सक्रिय सदस्यता लिन तथा चन्दा दिन सक्ने व्यवस्था गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टी सदस्यता शुल्क, नवीकरण शुल्क र मासिक लेबी पनि अनलाइन बाटै बुझाउन सकिने राप्रपाले जनाएको छ । रकम अनलाइन पेमेन्टका सबैजसो गेटवेबाट पैसा पठाउन सकिने उनले बताए । त्यस्तै खाडी मलुक बाट आइएमई पे को काउन्टरमा गएर पनि चन्दा दिन सकिने प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले यसरी संकलन भएको आर्थिक सहयोगले पार्टीको नीति, विचार, सिद्धान्त प्रवर्द्धन गर्न, हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्ने गतिविधि र कार्यक्रम सञ्चालन गर्न टेवा पुग्ने बताएको छ ।

राप्रपाले पार्टीका गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग र प्रायोजन नलिने बताएको छ । ‘यस्ता सहयोगले पार्टीलाई पराधिन बनाउने मात्र होइन, स्वनिर्णयको क्षमता कमजोर बनाउँदछ भन्नेमा राप्रपा प्रष्ट छ’, उसले भनेको छ ।

 

 

footer