kumari
stcnepal

विवादको घेराभित्र सत्ताधारी दल

काठमाडौ । सत्ताधारी दल नेकपाभित्रको आन्तरिक द्वन्द्वले गर्दा मुलुक अनिश्यचको बन्दी बन्दै गएको छ । कोरोना भाइरसका कारण मुलुक बन्दीको अवस्थामा रहेको छ । यतिबेला जनता लकडाउनको अवस्थामा घरभित्रै बन्दीको जस्तो अवस्थामा बस्न बाध्य भएका छन् । ठीक त्यहीबेला सत्ताधारी दल भित्र एकले अर्कोलाई गलाएर आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले गुटगत राजनीतिमा लागेका छन् । बैशाख २० गते बसेको नेकपाको सचिवालयको बैठकले निर्णय गरेका कुराहरु लागु गर्नुको बदला कार्यकारी अध्यक्ष सहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले गोप्य बैठक गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीओलीलाई एक्ल्याउने प्रयास गरेपछि सचिवालयले बोलाएका नेकपाको स्थायी समितिको बैठक नै अनिश्चित भएको छ ।

बैशाख २४ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष सहितका केही नेताहरु बीच भनाभन नै भएको छ । प्रधानमन्त्री ओलीले आफू विरुद्ध कहिले खुमलटार, केहीले हात्तीवन र कहिले कोटेश्वरमा बैठक राखेर आफूलाई एक्ल्याउने प्रयास भए आफूले पनि केही सोच्न बाध्य हुनुपर्ने बताएपछि सचिवालयको बैठक प्रभावित भएको थियो । मुलुक संकटको बेलामा परेको बेला सत्ताधारी दल र सरकार एकै ठाउँमा उभिएर समस्याको समाधान खोज्नुपर्नेमा सत्ताधारी दल भित्रै विवाद उत्पन्न भएको हुनाले प्रधानमन्त्री जसरी भएपनि आफ्नो पद जोगाउन मात्र लाग्नुपर्ने अवस्थामा रहेकाले मुलुक थप संकटमा फसेको छ ।

लकडाउनको समयसीमा बढाइएको छ । दैनिक रोजगारी गरी जीवन धान्न बाध्य भएका मानिसहरुको अवस्था दिनप्रतिदिन संकटपूर्ण बन्दै गएको बेला आफ्ना जनतालाई सहज रुपमा जिउन सक्ने वातावरण मिलाउने दायित्व सरकारको भएपनि सरकार त्यसमा चुक्दै गएको छ । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ । उक्त भाइरसको नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने औषधी र उपकरणको अभाव भएको भन्दै स्वास्थ्यकर्मीहरुले दुखेको पोखिरहेको बेला सरकार भने पार्टीको विवादमा फस्नुले सत्ताधारी दल जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लागेको नेकपाका केही नेताहरुका चक्रव्यूहमा फसेको छ ।

अहिले नेकपामा गुट उपगुटको ज्यादा प्रभाव देखिएको छ । तिनै गुट उपगुटमा रहेका नेताहरुको स्वार्थलाई ध्यानमा राखेर पार्टीका अध्यक्षद्धय केपीओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आ आफ्ना गुट सञ्चालन गरिरहेका छन् भने पार्टीका वरिष्ठ नेता माधव नेपाल समेत दुवै अध्यक्षको हैसियतमा बराबरको गुट सञ्चालन गरिरहेको हुनाले नेकपामा समस्या देखिएको छ । ओली, दाहाल र नेपाल तीन टिकट महाविकट भएका छन् । तीन गुट मध्येका दुई गुट एक ठाउँमा उभिएपछि अर्को एक गुट पाखा लाग्ने भभएकाले तीनै गुट पाखा लाग्ने डरले गर्दा एकले अर्कोलाई विश्वास गर्न सकिरहेका छैनन् । अहिलेको नेकपा भित्रको समस्या भनेको त्यही त्रिशंकुश गुट नै हो । अब आफूले पनि गुट सञ्चालन गर्ने अभिव्यक्ति पार्टीका उपाध्यक्ष वामदेव गौतमले समेत दिएका हुनाले उनी समेतले ओली, दाहाल र नेपाल समानको गुट सञ्चालनमा ल्याएमा समस्याको समाधानमा केही सहजता हुन सक्छ । दुई गुट एक ठाउँमा अर्का दुई एक ठाउँमा ।

आजदेखि संघीय संसदको बैठक बोलाइएको छ । यहि संसदको बैठकबाट सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट समेत ल्याउनुपर्ने र पारित गर्नुपर्ने भएका बेला सरकारको ध्यान त्यसैमा केन्द्रीत हुनुपर्ने बेला प्रधानमन्त्रीमाथि नै पार्टीले आक्रमक ढँगले प्रहार गर्न थालेका हुनाले संकट बढ्दै गएको हुनाले कोरोना भाइरसबाट मुलुकलाई कसरी पार लगाउने भन्नेमा समस्या देखिएको छ । अहिले पार्टीभित्र वामदेव गौतम नै मुख्य समस्याका रुपमा देखिएका छन् । उनले प्राय प्रत्येक दिन गुट परिवर्तन गर्ने गरेका र व्यक्तिगत समस्या समाधान हुनुपर्ने अडान लिएका हुनाले पनि पार्टीमा समस्या थपिएको छ ।

गौतम कुनै एक गुटमा अडिग रहेका भए जे भएपनि समस्याको समाधान हुन सक्ने अवस्था रहेको थियो तर उनी कहिले ओली गुट त कहिले दाहाल, नेपाल गुटमा पुग्ने भएका र उनी स्थिर नरहने भएकाले प्राय प्रत्येक दिन समस्यामाथि समस्या नै थपिँदै गएका छन् । नेपाली जनताले विश्वास गरेर गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपालाई झण्डै दुई तिहाई मत दिएका थिए तर नेपकलो त्यो मतलाई घात गर्दै पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ पुरा गर्न लागि परेको हुनाले बुहमतको भारी बोक्न नेकपा असफल सावित भएको छ ।

मुलुकमा भ्रष्टाचार बढेको छ । त्यसलाई नियन्त्रण गर्न नेकपा र सरकार असफल सावित भएको छ । विकृत्ति र विसंगतिहरु बढेको भएपनि नेकपाका वरिष्ठ नेताहरु व्यक्तिगत स्वार्थ पुरा गर्न लागेका हुनाले बरु पार्टी नै विभाजन गरेर भएपनि जनताको हितमा लाग्नु अहिलेको आवश्यकता हो । मुलुकमा फैलिएको कोरोना भाइरसका कारण जनता आक्रान्त भएका बेला व्यक्तिगत स्वार्थ पूरा गर्ने नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउने अधिकार नेकपाका नेताहरुलाई छैन । जनताले दिएको मतमाथि घात गरेर तिनै जनतामाथि प्रहार गर्ने अधिकार पार्टी र सरकारलाई नभएको हुनाले जति सक्दो छिटो त्यसको छिनोफानो हुनुपर्दछ । चाहे जोसुकैले सत्ताको नेतृत्व गरुन् ।

footer