kumari
stcnepal

राप्रपाको सदस्यता र आर्थिक सहयोग अनलाईनबाटै

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग पनि अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका आर्थिक गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग लिने पक्षमा राप्रपा छैन। पार्टी वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने उनले बताएका छन् । उनले नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्‍याउने समेत बताएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई निस्शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन्।साधारण र सक्रिय सदस्य अनलाइनबाटै दिने व्यवस्था गरिएको उनले बताएका छन्।

साथै आर्थिक सहयोग पनि आइएमईपे र खल्ती एपलगायतबाट गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताएका हुन्।

footer