kumari
stcnepal

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बाट सुरु भएको हो ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका पाँच दलले गरिसकेका छन् । आजको बैठकमा तालमेलको मोडालिटी बारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।

यसअघि १७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । सो समितिलाई चैत २२ गते (आज) प्रतिवेदन बुझाउन भनिएको थियो । आजको सत्ता गठबन्धनको बैठकमा सोही समितिको प्रतिवेदन वा रिपोर्टिङ बारे छलफल हुने नेताहरुले बताएका छन् ।

 

 

footer