kumari
stcnepal

चोरीआरोपमा पक्राउ युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए

बुटवल । चोरीको आरोपमा पक्राउ परेका युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा घाँटीमा चोट लागेको अवस्थामा भेटिएका छन् ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थान बाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार दिउसो घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासत भित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।

‘कुनै धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासत भित्र घाँटी रेटिनु शंकास्पद हो’–मानकुमारीले भनिन्, ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन घांटी मात्र रेटिएको छ ।’ हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

 

 

 

footer