नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चोरीआरोपमा पक्राउ युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए

546
shares

बुटवल । चोरीको आरोपमा पक्राउ परेका युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा घाँटीमा चोट लागेको अवस्थामा भेटिएका छन् ।

बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थान बाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ । घाँटीमा गहिरो चोट लागेका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार तामाका तारहरु कवाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार दिउसो घाँटी रेटिएको अवस्थामा रहेको नेपालीका आफन्त मानकुमारी सार्कीले जनाएकी छिन् । हिरासत भित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै उनले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।

‘कुनै धारिलो हतियार लैजान नपाइने प्रहरी हिरासत भित्र घाँटी रेटिनु शंकास्पद हो’–मानकुमारीले भनिन्, ‘लडेको भए पेट, छाती वा अन्त चोट लाग्नु पर्ने, त्यस्तो केही छैन घांटी मात्र रेटिएको छ ।’ हिरासतमा रहेका नेपालीले आफै धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports