kumari
stcnepal

चैत २५ गते देखि गोरखामा टाइफाइड विरुद्धको खोप सञ्चालन हुने

गोरखा । गोरखामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी यही चैत्र २५ गते बाट अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख १० गते सम्म अभियान चल्ने छ ।

‘वैशाख १८ गते सम्म देशभर अभियान चल्छ,’ कार्यालय प्रमुख विद्या तामाङले भनिन्, ‘तर गोरखामा भने हामी १० गते सक्छौ ।’ खोपका लागी जिल्ला भर ३ सय ८२ खोप केन्द्र रहने उनले बताइन् । ७ सय ६४ स्वयमसेवक खटिने छन् । करिव ६२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयको छ ।

जिल्लामा दुइ चरणमा खोप अभियान संचालन हुने छ । चैत्र २५ देखि २९ सम्म पहिलो चरण र वैशाख ५ देखि १० सम्म दोस्रो चरणमा अभियान संचालन गरिने कार्यालय प्रमुख तामाङले बताइन् । उनका अनुसार चुमनुव्री वाहेक अन्य स्थानीय तहमा पहिलो चरणमा खोप अभियान संचालन हुने छ ।

 

 

 

footer