२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चैत २५ गते देखि गोरखामा टाइफाइड विरुद्धको खोप सञ्चालन हुने

780
shares

गोरखा । गोरखामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिना देखि १५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी यही चैत्र २५ गते बाट अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख १० गते सम्म अभियान चल्ने छ ।

‘वैशाख १८ गते सम्म देशभर अभियान चल्छ,’ कार्यालय प्रमुख विद्या तामाङले भनिन्, ‘तर गोरखामा भने हामी १० गते सक्छौ ।’ खोपका लागी जिल्ला भर ३ सय ८२ खोप केन्द्र रहने उनले बताइन् । ७ सय ६४ स्वयमसेवक खटिने छन् । करिव ६२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयको छ ।

जिल्लामा दुइ चरणमा खोप अभियान संचालन हुने छ । चैत्र २५ देखि २९ सम्म पहिलो चरण र वैशाख ५ देखि १० सम्म दोस्रो चरणमा अभियान संचालन गरिने कार्यालय प्रमुख तामाङले बताइन् । उनका अनुसार चुमनुव्री वाहेक अन्य स्थानीय तहमा पहिलो चरणमा खोप अभियान संचालन हुने छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports