kumari
stcnepal

२-१ ले पराजित हुदै एएफसी कपको प्रारम्भिक चरण बाटै बाहिरियो मछिन्द्र

काठमाडौं । नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप २०२२ को प्रारम्भिक चरण बाटै बाहिरिएको छ । समूह चरणमा स्थान बनाउने लक्ष्य राखेको मछिन्द्रले घरेलु मैदानमै श्रीलंकन सुपर लिग च्याम्पियन क्लब ब्लु स्टार स्पोर्टिङ क्लब सँग मंगलबार २-१ ले पराजित भयो ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भ्रमणकारी टोलीलाई जित दिलाउन मोहमेद ईशान र सेनाल सन्देशले गोल गरे । ब्लु स्टारले दुवै गोल पहिलो आधा घण्टा भित्रै गरेको थियो । दोस्रो हाफको अन्तिममा कप्तान सुजल श्रेष्ठले मछिन्द्रका लागि गोल गरे पनि त्यो निकै ढिला भएको थियो । घरेलु मैदान र दर्शकको साथ पाए पनि मछिन्द्रले भने गोल गर्न सकेन ।

 

 

 

footer