kumari
stcnepal

सप्तरीमा चिकित्सक हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

सप्तरी । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सप्तरीमा प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिरको प्रांगण बाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, घटनाको सम्बन्धमा न्यायीक छानविन गर, हत्यारलाई संरक्षण गर्न पाइदैन, गुन्डागर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मृर्दावाद लगायतका नारा लगाएका थिए । बिरोध प्रदर्शन पछि मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्न माथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पठाएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेरा बाहिर मृत अवस्थामा फेला परेका थिए । हाडजोर्नीका चिकित्सक यादवको अस्पताल भित्रकै केही चिकित्सक सँग चरम विवाद रहेको बुझिएको भन्दै ज्ञापन पत्रमा सोही कारण नियोजित हत्या भएको हुन सक्ने आशंका गरिएको छ । हत्यामा मेडिकल माफिया समेतको संलग्नता हुन सक्ने अवस्था देखिएकाले ३ दिन भित्र दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

 

 

footer