सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सप्तरीमा चिकित्सक हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

494
shares

सप्तरी । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार सप्तरीमा प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिरको प्रांगण बाट सुरु भएको प्रदर्शन नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।

प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, घटनाको सम्बन्धमा न्यायीक छानविन गर, हत्यारलाई संरक्षण गर्न पाइदैन, गुन्डागर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मृर्दावाद लगायतका नारा लगाएका थिए । बिरोध प्रदर्शन पछि मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्न माथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पठाएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेरा बाहिर मृत अवस्थामा फेला परेका थिए । हाडजोर्नीका चिकित्सक यादवको अस्पताल भित्रकै केही चिकित्सक सँग चरम विवाद रहेको बुझिएको भन्दै ज्ञापन पत्रमा सोही कारण नियोजित हत्या भएको हुन सक्ने आशंका गरिएको छ । हत्यामा मेडिकल माफिया समेतको संलग्नता हुन सक्ने अवस्था देखिएकाले ३ दिन भित्र दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports