kumari
stcnepal

नेपाली प्रशिक्षक बेलायती क्लवमा अनुबन्धित

काठमाडाैं । बेलायत स्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन् ।

योर्कशार स्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले मंगलवार एक विज्ञप्ति जारी गर्दै ३२ वर्षिया आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्ती भएको घोषणा गरेको हो । डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको छ ।

नेपालमा कैलाली, टीकापुर घर भएका रावल सन् २०२० देखि क्लबको पहिलो टिम अन्तर्रगत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्व बाट योङ प्लेयर अफ दी इयरको टाइटल जितेका थिए ।

उनले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ कल्व बाट प्रिमियर लिगमा १८७ रन बनाएर सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

 

 

footer