kumari
stcnepal

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काठमाडौं बाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक जना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखु गाउपालिका-५ लाटेबोट डाँडा घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । गोंगबुमा लुकिछपी बसिरहेको अवस्थामा लामालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

 

footer