प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त काठमाडौं बाट पक्राउ

572
shares

काठमाडौं । बैंकिङ कसूर मुद्दामा एक जना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको लिसंखु गाउपालिका-५ लाटेबोट डाँडा घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै आएका ३३ वर्षीय बज्रसिंह लामालाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र २५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

लामाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी एनएमबी बैंक लिमिटेड बौद्धको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । गोंगबुमा लुकिछपी बसिरहेको अवस्थामा लामालाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports