kumari
stcnepal

सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा एक पक्राउ

काठमाडौं। प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्ग बाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका-२ उत्तरगेट बाट उक्त सुनको सिक्री सहित पक्राउ गरेको हो ।तामाङले काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठा स्थित सडक बाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनी माथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्ग बाट थप अनुसन्धान भइरहेको छ ।

 

 

 

footer