kumari
stcnepal

स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकको सुझाव

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित नेपाल भ्रमण वर्ष २०२० आगामी वर्ष आयोजना गर्न सरकारलाई नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सुधारका लागि सरकारलाई दिएको सुझावमा भ्रमण वर्षलाई आगामी वर्ष घोषणा गरी सञ्चालन गर्न भनिएको छ । सरकारले वार्षिक २० लाख पर्यटक आगमनको लक्ष्य राखेर भ्रमण वर्ष घोषणा गरेको थियो । तर, सोही वर्ष बाट कोरोना महामारीका कारण पर्यटक आगमन खुम्चिएपछि पर्यटन बाट हुने विदेशी मुद्राको आर्जनमा प्रभाव परिरहेको छ ।

नेपाल राष्ट्र बैंकले नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई भिसा तथा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता भुक्तानी र सेवा तत्कालै, अनलाइन माध्यम बाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न समेत सुझाव दिएको छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२२ सुरु भएपछि पर्यटकको आगमनमा केही सुधार देखिएको छ । मार्च महिनामा मात्र ४२ हजार पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । यो संख्या अप्रिलमा अझ सुधार हुने अपेक्षा गरिएको छ । किनकी अहिले नेपालमा पर्वतारोहण सिजन चलिरहेको छ । यस समयमा पदयात्रा र पर्वतारोहणका लागि बढी पर्यटक आउने गर्छन् ।

 

 

footer