kumari
stcnepal

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको जस्तो अवस्थामा पुग्ने अवस्था छैन : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण भए पनि श्रीलंकाको जस्तो अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताएका हुन् । जब सम्म स्वदेशमा उत्पादित वस्तुहरुको उपभोग गर्दैनौ तब सम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उनको भनाइ छ ।

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । उनले भने, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदैनौँ र स्वदेशी उत्पादन बाट नै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिंदैन। त्यति बेला सम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन ।’

उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको बताए । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उनको भनाइ छ । उनले बैंकहरुमा जब सम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तब सम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गरे ।

ढकालले भने, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यावसायिक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’

पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताए । उनले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्र सँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाए । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताए ।

 

footer