kumari
stcnepal

सता गठबन्धनले २७ गते भित्रमा निणर्य गर्ने

काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेल बारे २६ चैत सम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको समितिको पहिलो बैठक बुधबार बसेको थियो । बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तु स्थिति मुल्यांकन गर्न भने अनुसार काम भए नभएको समीक्षा भएको छ । एक नेताका अनुसार धेरैजसो जिल्लामा छलफल भएको छ, कतिपयमा छलफल भएको छैन । कतिपय जिल्लामा भने पालिका स्तरमा भागवण्डा नै भइसकेको छ ।

बुधबारको बैठकले २६ गते भित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।

 

 

 

 

footer