kumari
stcnepal

कांग्रेस, एमाले, माओवादीका इमान्दार कार्यकर्तालाई राति एैठन हुने गरेको छ : अध्यक्ष लिङदेन

विराटनगर | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका दलहरूले राजनीतिलाई पेशा व्यवसाय बनाएको बताएका छन् ।

बुधवार विराटनगरमा राप्रपा मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजनीति गर्नेहरूले ७ पुस्ता सपार्ने व्यापार ठानेका कारण देशको अवस्था बिग्रिएको बताए । ‘राजनीति गर्नेहरूले ओढ्ने, ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, ७ पुस्ता सपार्ने व्यवसाय पनि बनाए,’ उनले भने, ‘त्यसको असर अहिले हामीले भोगिरहनुपरेको छ । लोभी पापीहरूका कारण राजनीति मात्रै दुर्गन्धित भएको छैन, देशमै दुर्गन्ध फैलिएको छ ।’

स्वीजरल्यान्डमा राजारानीको नाममा राखेको पैसा फिर्ता ल्याउँदा पनि प्रत्येक नागरिकलाई ४–५ विगाहा जमिन दिन सकिन्छ भनेर भाषण गर्ने नेताहरू सरकारमा हुँदा देशकै अर्थतन्त्र संकटमा परेको आरोप उनले लगाए । राजाले जनताको नासो जनतामा फर्काएको १५ वर्ष पुग्दा किन पैसाको खोजी नगरेको भन्दै उनले प्रश्न गरे । राजारानीका नाममा कुन बैंकमा कति पैसा राखिएको रहेछ भनेर खोजी गर्न समेत लिङ्देनले माग गरे ।

अध्यक्ष लिङ्देनले एमाले, कांग्रेस, माओवादी लगायत ठूला दलका इमान्दार कार्यकर्तालाई राति एैठन हुने गरेको समेत उनले बताए । नेताहरूको हर्कत देख्दा इमान्दार कार्यकर्तालाई निद्रा नलाग्ने गरेको उनले बताए । ‘उहाँहरूलाई सुते पनि कस्तो पार्टीमा लागेछु भनेर निद्रा नलागी एैठन मात्रै हुन्छ,’ उनले भने, ‘यसको परिणाम राजनीति प्रति वितृष्णा बढ्दै जान थालेको छ ।’

 

 

 

footer