kumari
stcnepal

७१ जना निर्वाचन अधिकृत अदलबदल

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ । आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारी बाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ । नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गते भित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

बुधवार देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो । यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृत बाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।

 

 

 

footer