kumari
stcnepal

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

 

काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयबासीले खबर गरेका थिए ।

वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ ।

ढुंगाले बेनेका २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको मानन्धरले बताएका छन् । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड लागेको छ ।

 

 

 

footer