kumari
stcnepal

बन्दी कानून मन्त्री बन्दै ,बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन् ।

संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् । नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए ।

बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ । नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ ।

 

footer