विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनता सार्वभौमसत्ता सम्पन्न कि राजनितिक दल

871
shares

देवेन्द्र चुडाल ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनितिक दलहरुले जोड घटाउ गर्न थालेका छन् । पाँच दलिय सत्ता गठवन्धनले स्थानीय तहको निर्वाचनमा समेत गठवन्धन नै गरेर निर्वाचनमा जाने निर्णय गरेको छ । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसले पार्टीगत निर्णय गर्दै आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्ने निर्णय गरेपछि सत्तामा सहभागी भएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई भने राहत मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले निकै पहिला देखी नै गठवन्धन नै गरेर स्थानीय तह, प्रदेश सभा र संघीय ससदको निर्वाचनमा जानु पर्ने भन्दै नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई दवाव दिदै आएका थिए ।

प्रधानमन्त्री एंव पार्टी सभापति देउवाले आफ्नै पार्टी भीत्रको विरोधलाई मत्थर पार्दै आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्न सक्ने निर्णय पार्टीको केन्द्रीय समितिको वैठकवाट निर्णय गराएका छन् । काग्रेसको संस्थापन इतर पक्षले भने सबै पालिकाहरुमा तालमेल हुन नसक्ने र काग्रेस वलियो रहेको ठाउँमा काग्रेसले एक्लै निर्वाचनमा जान सक्ने बताउदै आएको छ । नेपाली काग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएर देउवासँग पराजित भएका डा.शेखर कोइरालाले पार्टीमा झण्डै ४० प्रतिशतको नेतृत्व गरी रहेका हुनाले कोइरालाले नै संस्थापन इतर पक्षको नेतृत्व गरीरहेका छन् । जिल्ला सभापतिहरुमा समेत कोइराला पक्षका धेरै उम्मेदवारहरुले जितेका हुनाले पार्टी सभापति देउवाले एकलौटी निर्णय गर्दैमा त्यो लागु हुनेमा शंका उव्जिएको छ ।

काग्रेस र माओवादी केन्द्र र अन्य सत्ताधारी दलहरुले प्राय सबै पालिकाहरुमा गठवन्धन गर्र्ने निर्णय गरेका भएपनि भरतपुर महानगरपालिकामा भने समस्या देखिएको छ । चितवन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला रहेका र भरतपुर महानगर पालिका समेत उनको निर्वाचन क्षेत्र भीत्र रहेकाले दाहालले जुनसुकै सर्तमा पनि भरतपुर महानगर पालिकाको मेयर पदमा आफ्नै छोरी रेणु दाहाललाई उम्मेरदवार वनाउन चाहिरहेका र त्यही दवाव देउवालाई दिईरहेका भएपनि चितवन काग्रेसले भने भरतपुर महानगरपालिका कुनै सर्तमा पनि माओवादी केन्द्रलाई नदिने अडान लिदैे आएको छ । चितवनका काग्रेसका जिल्ला सभापति कोइराला पक्षमा रहेकाले पार्टी सभापति देउवाले निर्णय गर्दैमा त्यो निर्णय चितवनमा लागु हुन सक्ने सम्भावना न्यून रहेको छ ।

चितवन काग्रेसले भरतपुर महानगरका सबै वडाहरुवाट मत संकलन गरेरै यस पटक भरतपुर महानगरपालिकामा काग्रेस कै उम्मेदवार उठाउने निर्णय गरेको र काग्रेस बाहेक अन्यलाई मतदान गर्नुपर्ने अवस्था आएमा विद्रोह गर्ने चेतावनी केन्द्रीय नेतृत्वलाई दिई सकेको हुनाले केन्द्रीय नेतृत्वपनि संकटमा देखिएको छ । पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भरतपुर महानगरपालिका दिने आश्वासन पहिला नै दिईसकेको हुनाले आफ्नी छोरीलाई पुन मेयर पदमा निर्वाचित हुनेमा दाहाल ढुक्क रहेका थिए । तर केही दिन पहिला चितवन काग्रेसले भरतपुर महानगरपालिका काग्रेसले पाउनु पर्ने अडान लिदै अन्य पालिकाहरुमा तालमेल गर्ने निर्णय गरेको छ । पाँच दलिय गठवन्धनले नै सो निर्णय गरेका हुनाले यदि काग्रेसले भरतपुर महानगरपालिका नछोडेको खण्डमा गठवन्धन को भविष्य माथी नै प्रश्न उठ्न सक्ने सम्भावना समेत देखिएको छ ।

पाँच दलिय गठवन्धनमा रहेका दलहरु एक्ला एक्लै निर्वाचनमा जान सक्ने अवस्थामा नरहेकाले गर्दा उनीहरुले गठवन्धन गरेका हुन् । गठवन्धनलाई वलियो वनाउने उनीहरुको देखावटी रणनिति भएपनि खास गरेर प्रमुख विपक्षी दल नेकपा एमालेलाई पराजित गर्ने रणनिति नै मुख्य हो । नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको मुख्य उद्देश्य भनेको आफ्नो पार्टी हारेरै भएपनि नेकपा एमालेलाई पराजित गराउने नै हो । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिल्दा समेत नेकपा एमालेलाई पराजित गराउन सक्ने अवस्था नभएपछि नामका कम्युनिष्ठ पार्टीहरुले आफ्नो सिद्धान्त र विचार छोडेर काग्रेससँग गठवन्धन गर्न पुगेका छन् ।

केही व्यक्तिहरुले त माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई भाई काग्रेस समेत भन्न थालेका छन् । आफ्नो पार्टीको विचार र सिद्धान्तलाई जनतासामु लैजानुको वदला चुनावी सभाहरुमा समाजवादी पार्टीका नेताहरुले नेकपा एमालेलाई गालि गर्ने र पार्टी अध्यक्ष केपी ओलीलाई सत्तोसराप गर्ने गरेका हुनाले जनता नेकपा एकीकृत समाजवादी प्रति आकर्षित हुन सकेका छैनन् । माओवादी केन्द्र र एकीकृत समाजवादी जुनसुकै सर्तमा पनि काग्रेसको पुच्छर समाएर वैर्तणी तर्न चाहिरहेका छन् भने काग्रेसले पनि उनीहरुलाई वैर्तणी तारी दिने भएको छ । राजनितिक दलहरु नेपाली काग्रेस बाहेक सबै विभाजित अवस्थामा रहेकाले गर्दा यस पटकको निर्वाचन काग्रेसका लागि सुर्वण अवसर थियो । तर काग्रेसले आफ्नो घरमा आगो लगाएर शरण माग्न पुगेका व्यक्तिहरुलाई शरणमात्र दिएनन् घरै उपहार दिने भएको छ । लामो समयदेखी काग्रेसको राजनिति गरेर गाउँ गाउँमा बसेका काग्रेसजनहरुले अब निकै कम मात्रामा टिकट पाउने भएका छन् ।

गठवन्धनमा रहेका दलहरुलाई भावण्डा लगाउदा काग्रेसले सहजै जित्ने पालिकाहरुमा समेत काग्रेसले मेयर, गाउँपालिकाका अध्यक्ष नपाउने सम्भावना देखिएको छ । त्यस्को प्रत्यक्ष मारमा स्थानीय नेताहरु पर्ने प्राय निश्चित रहेको छ । गठवन्धनमा पनि बस्ने अनि गठवन्धनमा रहेका दलहरुले आ आफ्नो चुनावी घोषणा पत्र जनतामा लैजाने भनेको जनतालाई झुक्याउने वाहेक अन्य केही हुन सक्दैन । पाँच दलिय गठवन्धन गरेर निर्वाचनमा गएपछि किन सयुक्त चुनावी घोषणा पत्र वनाउने तर्फ गठवन्धनकारी दलहरुले ध्यान दिएन त ?विगतको निर्वाचनमा जनतालाई दिएका आश्वासन हरु कति पुरा भए । चुनावको बेलामा मात्र जिल्ला र गाउँ पुग्ने नेताहरुलाई जनताले अब नेताहरुलाई चिन्नु पर्ने बेला आएको छ । पाँच वर्षमा एकपटक जनताकँहा पुगेर झुठा आश्वासनका पोकाहरु बाड्ने राजनितिक दलका नेताहरुलाई जनताले अब सोध्नै पर्दछ जनताको हितका लागि तपाई र तपाईको पार्टीले के ग¥र्यो भनेर ।

राजनितिक दलहरुका लागि जनता न्यायाधिस हुन् । अदालतले दिने निर्णय र जनताले दिने निर्णयमा भिन्नता रहेको छ । अदालतले दिने निर्णयलाई पराजित हुने पक्षले स्वीकार गरेको देखिदैन तर जनताले दिने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने वाध्यता रहेकाले गर्दा जनतालाई नयायाधिस भनिएको हो । यो विश्वव्यापी सिद्धान्त समेत हो । त्यसै कारणले गर्दा जनताले पनि विवेक पु¥याएर उचित निर्णय लिनु आवश्यक छ । निर्वाचनका बेला जनतालाई प्रभावमा पार्ने अनेक प्रयासहरु सुरु भएका छन् । घरघरमा पैसा बाड्ने चामल दाल पु¥याउने लत्ताकपडा पु¥याईदिने लगायतका अनेक प्रकारका झुठा आश्वासनहरु राजनितिक दलका नेताहरुले बाँडिरहेका हुनाले त्यस्ता कार्य अविलम्व बन्द गरीनु आवश्यक छ । सत्ता गठवन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरुले सत्ताको दुरुपयोग गर्दै हेलिकप्टरको प्रयोग गरेर जनतालाई झुठा आश्वासनहरु बाँडिरहेका छन् ।

मन्त्रीहरुले राज्यकोषमाथी बहुमलुट मच्याईरहेका छन् । आफ्नो मन्त्रालयको काम बाहेक नै पनि हेलिकप्टर चढेर आफ्नो गृह जिल्ला पुग्ने कार्यलाई मन्त्रीहरुले तिव्रता दिएका छन् । घण्टाको आठ लाखसम्म भाडा पर्ने सेनाको हेलिकप्टर मन्त्रीहरुले प्रयोग गर्ने गरेका र सो भाडा वापतको रकम सम्वन्धी मन्त्रालयले तिर्नु पर्ने बाध्यता रहेकाले गर्दा त्यो राज्यकोषको दोहन नै हो । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु ढिलो गर्दा जनतालाई झुठा आश्वासन बढ्न मन्त्री र सत्ता गठवन्धन दलका नेताहरुलाई सहज भएको छ । मन्त्रीको जिल्ला भ्रमणमा १०÷१५ जना व्यक्ति बोकेर मन्त्री जिल्लामा पुग्ने गरेका छन् । कतिपय नगर पालिका र गाउँ पालिकामा हेलिकप्टर चढेर आउँदा हेलिकप्टरको भाडा नगरपालिका र गाउँपालिकाले तिरी दिने गरेका छन् । यसरी नगरपालिका र गाउँपालिकाको रकम दुरुपयोग भएको छ । केही दिन पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीको कार्यक्रममा भाग लिन गोरखाको दुर्गम गाउँमा हेलिकप्टरमा सवार भएर त्यहाँ पुगे । पार्टीको काम सकिएपछि हेलिकप्टरको भाडा गाउँ पालिकाले तिनुपर्ने उर्दी उनले फरमान जारी गरे । त्यसैगरी रोल्पामा आयोजना गरिएको आमसभामा सहभागी हुन दाहाल रोल्पा नगरपालिका पुगे त्यहाँ पनि हेलिकप्टर नै चढेर । कार्यक्रम सकियो अनि रोल्पा मेयरलाई फरमान जारी गरे । हेलिकप्टरको भाडा तिर्न विचरा मेयरले टाउको हल्लाउने काम बाहेक अरु के नै गर्न सक्थे र ? के यस्ता कार्य भ्रष्टार न्याय भएनन् र ?

राजनितिक दलहरु लोकतान्त्रिक पद्धती र लोकतान्त्रिक सिद्धान्त अनुसार सञ्चालन हुनु पर्दछ । एउटै व्यक्तिको निर्णयमा राजनितिक दल सञ्चालन भएको खण्डमा त्यस्तो दललाई लोकतान्त्रिक दल स्वीकार गर्न सकिदैन । लोकतन्त्र भनेको जनताको तन्त्र हो । लोकतन्त्रमा जनता नै सर्बेसर्वा हुन्छ । जनताको आदेश अनुसार राजनितिक दल र सरकार सञ्चालन हुनु पर्नैमा हामीकँहा भने ठीक उल्टो भएको छ । राजनितिक दलहरुले दिएका आदेश स्वीकार गर्नु जनता वाध्य भएका छन् । संविधानमा जनतालाई सार्वभौमसत्ता सम्पन्न भनिएको छ । तर व्यवहारमा आजसम्म जनता सार्वभौमसत्ता सम्पन्न भएका छैनन् । राजनितिक दलहरु पो सार्वभौमसत्ता सम्पन्न भएका रहेछन् । राजनितिक दलले दिएका आदेश जनताले स्वीकार गर्नु पर्ने वाध्यता रहेकाले गर्दा जनता होइन दलहरु सार्वभौमसत्ता सम्पन्न रहेको प्रमाणीत हुदैन र ? जनताले निर्वाचित गरेका व्यक्तिले जनताको हित विपरितका कार्य गरेमा जनताले आफूले चुनेका व्यक्तिलाई फिर्ता वोलाउन पाउने अधिकार जनताले नपाएसम्म जनता सार्वभौमसत्ता सम्पन्न नभएको पुष्ठी हुन्छ । संविधानमा लेखिएका कुराहरु व्यवहारमा प्रयोग नआउने हो भने त्यस्तो संविधानको आवश्यकता नै किन ?

सत्ता गठवन्धनले गठवन्धन नै गरेर स्थानीय तहको निर्वाचन, प्रदेशसभा र संघीय ससदको निर्वाचनमा जाने निर्णय गरेपनि गठवन्धन लामो समय सम्म टिक्न सक्ने सम्भावना न्यून देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले काग्रेसलाई धम्क्याउनको लागि काग्रेसले पेले एमालेसँग तालमेल हुन्छ भनि रहेका भएपनि अहिले कै अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रवीचमा तालमेल हुन सक्ने अवस्था देखिएको छैन । पाँच दलिय गठवन्धनले एमालेलाई एकल्याउने प्रयास गरेपनि जनताले नै एमालेलाई बचाईदिने छन् । सरकारी गोप्य रिर्पोट अनुसार पनि अहिले पनि नेकपा एमाले नै तल्लोतहसम्म वलियो अवस्थामा रहेको छ । त्यही कारणले गर्दा काग्रेस लगायतका अन्य दलहरु एक्ला एक्लै निर्वाचनमा जान डराएर गठवन्धन गरेका हुन् । यदि साच्चि कै सार्वभौमसत्ता सम्पन्न थिए भने किन बहुसंख्यक जनताको भावना विपरीत नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरीयो । संविधान ऐन कानुनमा लेख्दैमा जनता सार्वभौमसत्ता सम्पन्न हँुदा रहेनछन् भन्ने यसले प्रमाणित भएन र यस्को उत्तर कस्ले दिने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports