kumari
stcnepal

पाँच दलिय देउवासरकार असफलताको मार्ग तर्फ उन्मुख देउवा सरकार काग लाई वेल पाक्यो हर्ष न विस्मत !

 

काठमाडौँ । सर्वोच्च अदालतको सम्बैधानिक इजलासको आदेश अनुसार पाँच दलिय गठवन्धनको नेतृत्व गर्दै नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । देउवाको नेतृत्वमा रहेको सरकारमा नेपाली काग्रेस, माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सहभागी भएका छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएको छैन । सरकारमा सहभागी नभएपनि जनमोर्चाले सरकारलाई समर्थन गरेको भएपनि ससदवाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता अनुमोधन भएपछि जनमोर्चा पाँच दलिय गठवन्धनवाट वाहिरीएको भएपनि उस्ले सरकारलाई दिएको समर्थन फिर्ता लिएन । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भए पछि जनमोर्चा फेरी गठवनधन भीत्रै बसेको छ । राष्ट्रिय जनमोचाले निकै लामो समय देखी संघीयताको विरोध गर्दै आएका भएपनि पार्टीगत स्वार्थका लागि उसले संघीयताका पक्षधरहरु सँग गठवन्धन गरेपछि जनमोर्चाको रहस्य खुलेको छ । उ पनि सत्ताको लागि जो सँग पनि आफ्नो निति विचार र सिद्धान्तलाई थाती राख्न चाहान्छ भन्ने प्रमाणित भएको छ ।

शेरवहादुर देउवा नेतृत्वको सरकार निर्माण भएको ९ महिना पुगेको छ । यो नौ महिनामा सरकारले जनताको पक्षमा कुनै ठोस कदम चाल्न सकेको छैन भने मूल्यवृद्धि उल्लेखनिय रुपमा बढेको छ । केपी ओली नेतृत्वको सरकार वाहिरीदा १३ महिनाको आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति रहेकोमा अहिले त्यो घटेर ६ महिनाका लागि मात्र आयात धान्न सक्ने अवस्थामा मुलुक पुगेको छ । देउवा नेतृत्वको सरकारका पालामा रेमिट्यान्स घट्दै गएको छ । विदेशी दातृ निकायहरु अहिले हेर र वस भन्ने अवस्थामा रहेकोले गर्दा विकास निर्माणका कार्यहरु अपुरा रहेका छन् भने विकास निर्माणका कुनै नयाँ योजनाहर नै सरकारले ल्याउन सकेको छैन । मूल्य वृद्धिले गर्दा जनताको चुलो नवल्ने अवस्थामा पुगेको छ । प्रत्येक वस्तुमा मुल्य वृद्धि भएको छ । पेट्रोलियक पर्दाथको मुल्य विश्व बजार मै बढी रहेकाले गर्दा पेट्रोलियम पर्दाथ खरिदमा ठूलो मात्रामा विदेशी मुद्रा खचिनु परेको छ । मुलुकभीत्रै विघुत् उत्पादन बढेको भएपनि सरकारले विंघुत्को खपत बढाउने कुनै योजना ल्याउन नसकेको हुनाले विद्युत् खेरजाने अवस्थामा पुगेको छ । सरकारको गलत नितिले गर्दा उद्योग धन्दाहरु बन्द हुदै गएका छन् भने विलासिका सामानहरु आयातमा वृद्धि भएको छ ।

यी सबै कारणहरुले गर्दा प्रष्ठ हुन्छ देउवा सरकार असफलताको मार्ग तर्फ उन्मुख हुदै गएको छ । भनेर ।सरकारकोे ध्यान पछिल्लो समयमा जसरी भएपनि सबै तहका निर्वाचन जित्नेमा मात्र गएको छ । त्यही कारणले गर्दा स्थानीय तहको निर्वाचनमा समेत गठवन्धन बनाइएको छ । संसदको प्रमुख विपक्षी दल र मुलुककै ठूलो दल नेकपा एमालेलाई पराजित गर्नैका लागि पाँच दलिय गठवन्धन बनाइएको छ । गठवन्धनमा रहेका दलहरुले राज्यकोषमा बहुमलुट मच्याईरहेका छन् । गठवन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताहरु हेलिकप्टमा सवार हुन थालेका छन् । सरकारका मन्त्रीहरु आ आफ्नो मन्त्रालयका काम छाडर आफ्नो जिल्ला भ्रमणमा हेलिकप्टर चढेर दिनहु जसो हिडिरहेका छन् । सरकारी काममा वाहेकका दलका काममा जाँदा समेत मन्त्रीहरुले हेलिकप्टरको भाडा मन्त्रालयबाटै तिराउदै आएका छन् । यसरी दलका नेता तथा कार्यकर्त र मन्त्रीहरुले राज्यकोषको दोहन गर्दा समेत प्रधानमन्त्री देउवा चु सम्म वोल्न सकेका छैनन् । किन कि यति वेला बोलेको खण्डमा गठवन्धन भत्किने डर उनलाई रहेको छ । काग्रेसका केही नेताहरुले गठवन्धनको विरोध गरीरहेका भएपनि काग्रेस सभापति समेत रहेका देउवाले गठवन्धनको विरोधमा नवोल्न नेता तथा कार्यकताहरुलाई चेतावनी समेत दिएका छन् भने केही नेताहरुले त गठवन्धनको विरोध गर्ने नेता तथा कार्यकर्ताहरुले पार्टी छोडेर गए हुन्छ सम्म भन्न भ्याएका छन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपालले देउवालाई आउँदो मंसीरमा हुने संघीय ससदको निर्वाचन पछि पनि प्रधानमन्त्री बनाईदिने आश्वासनको चास्नी चखाएका हुनाले देउवा आफ्नो पार्टीलाई खाल्डोमा हालेरै भएपनि दाहाल र नेपालको सेवामा लागेका छन् । राजनितिक रुपमा दाहाल रणनितिकार नै हुन् । उनी मान्छेका आवश्यकता र चाहाना हेरेर उसलाई आश्वासन दिन तयार भैहाल्छन् । स्व.गिरीजा प्रसाद कोइरालालाई पनि राष्ट्रपति बनाईदिने आश्वासन दाहालले दिएका थिए तर आश्वासन कार्यन्यन गर्ने बेला सम्ममा दाहालको स्वार्थ पुरा भई सकेका हुनाले उनले कोइरालाई दिएको वचन पुरा गरेनन् त्यसवेला त्यही आवश्यकता थियो बोलियो पछि त्यो आवयकता भएन गरीएन भन्दै उनले त्यसै वेला भनेका थिए । अहिले तिनै दाहालले देउवालाई प्रधानमन्त्री र काग्रेसको नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाईदिने आश्वासन दिए र उनीहरु दुवैलाई आफ्नो पक्षमा प्रयोग गर्न उनी सफल भएका छन् । त्यही कारणले गर्दा देउवा र पौडेलको एउटै स्वर भएको छ ।

मुलुक आर्थिक अवस्थामा टाट पल्टिन सक्ने अवस्थामा पुगेपछि त्यस्तो अवस्थावाट बाहिर निकाल्न प्रधानमन्त्रीको पट्कै ध्यान गएको छैन उनको ध्यान कसरी निर्वाचनमा विजय हासिल गर्ने र नेकपा एमालेलाई पाँखा लगाउने भन्नेमै रहेकोले गर्दा देउवा सरकार पनि सरकारका लागि सरकार मात्र भएको छ भने जनताका लागि बोझ मात्र भएको छ । देउवाको ध्यान भनेको माओवादी केन्द्र र एकीकृत समाजवादीलाई वैर्तणी तार्ने र आफ्नो स्वार्थ पुरा गराउने तर्फ मात्र गएकोले गर्दा देउवा सरकार असफलताका धोतक नै हो भने प्रमाण्ति हुदै गएको छ ।

footer