kumari
stcnepal

पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने निर्णय

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रुपमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री दिलेन्द्रप्रसाद बडूले यस्तो निर्णय गरेका हुन् ।

मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन गर्ने जानकारी दिएका छन् । जसका लागि छुट्टै नीति निर्माण र जनशक्तिमा हुने लगानीबारे अध्ययन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

पदभार ग्रहण पछि कर्मचारीहरुलाई संक्षिप्त ब्रिफिङगर्दै मन्त्री बडूले उद्योग मन्त्रालय अर्थत्नत्र सँग जोडिएको मन्त्रालय भएकाले अर्थतन्त्रमा देखिएका समस्या सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिए । महामारीले शिथिल बनेको अर्थतन्त्र पुनः चलायमान हुन थालेको भन्दै उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएको थियो । यसअघि मन्त्री बडू कानुन, न्याय तथा संसदीय मामिला मन्त्री थिए ।

 

 

 

 

footer