kumari
stcnepal

के गरेको प्रधानमन्त्रीज्यू ?

काठमाडौं । पुस २७ गते नेपाल निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माला लगाउन सकिदैन भनेर पन्छिने प्रधानमन्त्रीले भारतका वापु महात्मा गान्धी जयन्तीमा मालामात्र चढाउन पुगेनन्, शीर पनि झुकाएर श्रद्धा प्रकट गरेको देखियो । हालै भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा

दिल्लीको राजघाट पुगेर गान्धीलाई फुलगुच्छामात्र चढाएनन्, सम्पूर्ण श्रद्धाभक्ति गरेको पनि देखियो । विश्लेषकहरुले भनेका छन्– जसले जन्मदिने मातापिता चिन्दैनन्, त्यस्तालाई कसरी सुपुत्र भन्ने ? नेपाल निर्माण गरिदिएका थिए र पाँचौपल्ट प्रधानमन्त्री बन्न पाए ।

अहिले आएर यिनै प्रधानमन्त्री नेपाल निर्मातालाई अपमान गरेर विदेशीका आदर्शलाई सम्मान गरिरहेका देखिन्छन् । हो, विश्वका सबै आदर्शको सम्मान हुनुपर्छ, तर आफ्नो पहिचान, आफ्नो देशको निर्मातालाई त यति धेरै अपमान गरेकोमा नेपाली जनताले निको मानेका छैनन् त्यसैले उनीहरु भन्न थालेका छन् थक्क सरकार ।

 

footer