kumari
stcnepal

जेष्ठ नागरिक अस्पताल बनाउन सरकारले दियो सहमति

काठमाडौं । सरकारले जेष्ठ नागरिक अस्पताल बनाउनका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकरका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जेष्ठ नागरिकलाई विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिएको जानकारी दिएका हुन् ।

अस्पताल निर्माण लागि स्वास्थ्य मन्त्रालयले सह–सचिव मदन भुजेलको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको छ । टोलीले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल निर्माणका लागि चितवन र हेटौँडामा जग्गा खोजी भइरहेको छ ।

footer