kumari
stcnepal

दाहाल भनेका माओवादी केन्द्र माओवादी केन्द्र भनेका दाहाल

काठमाडौ । माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको लामो समय भईसक्दा पनि उक्त पार्टीका पदाधिकारीहरु चयन हुन सकेका छैनन् भने पार्टीलाई अध्यक्ष पुष्पकमल दाहालको एकलौटी निर्णयमा सञ्चालन गरीदै आएको छ । पदाधिकारी चयन हुँदा पार्टीमा असन्तुष्ठि जन्मिने र त्यस्ले गर्दा स्थानीय तहको निर्वाचनमा प्रभाव पर्ने डरले गर्दा अध्यक्ष दाहालले पदाधिकारी चयन गर्न सकिरहेका छैनन् । केन्द्रीय समितिको बैठक सम्म राख्न सकेका छैनन् । दाहालले आफ्नै पार्टीका नेताहरुलाई विश्वासमा लिनु नसकेका र पार्टी एक्लै हाँक्छु भन्ने सपना देखीरहेका छन् भने त्यो स्वयम दाहाल कै लागि दुर्भाग्यको विषय हुन सक्छ । पार्टीका अन्य पदाधिकारीहरुमा खासै विवाद नभएपनि पार्टीको महामन्त्रीमा विवाद उत्पन्न भएको छ । पार्टीका दुई प्रभावशाली नेताहरु वर्षमान पुन र अर्थमन्त्री समेत रहेका जर्नादन शर्मा महामन्त्रीका प्रवल दावेदार रहेका छन् । पार्टीमा उपाध्यक्षमा नारायणकाजी श्रोष्ठ रहने प्राय निश्चित रहेको जस्तो देखिएको छ । उर्जा मन्त्री पम्फा भुसालले समेत महामन्त्रीमा दावेदारी गरेपछि दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म पदाधिकारी नै नवनाउने निर्णय गरेको एक सूत्रले दावी गरेको छ ।

माओवादी केन्द्रले तत्कालै कुनै निर्णय गर्नुु परेमा अध्यक्ष दाहालले नै निर्णय गर्ने गरेका हुनाले माओवादी केन्द्र भनेको अध्यक्ष दाहाल र अध्यक्ष दाहाल भनेका माओवादी केन्द्र कै रुपमा बुझिन थालेको छ । पार्टी अध्यक्ष दाहालले एक्लै निर्णय गर्नु भनेको पार्टी पद्धति विपरीतको कार्य हो । वैधानिक समिति समेत नरहेको अवस्थामा एउटा व्यक्तिले गरेको निर्णयलाई तल्लो तहसम्ममा लानु भनेको लोकतान्त्रिक पद्धती विपरीतको कार्य हो । निर्वाचनलाई देखाएर पार्टी पदाधिकारीहरुको चयन गर्न नसक्नुले गर्दा अध्यक्ष दाहाल पार्टीभीत्रका समस्याहरु समाधान गर्न असक्षम रहेको प्रमाणीत हुदै गएको छ । कुनै बेला गिरीजा प्रसाद कोइराला भनेका नेपाली काग्रेस र नेपाली काग्रेस भनेका गिरीजा प्रसाद कोइराला भन्ने गरिन्थ्यो । अहिले माओवादी केन्द्रभीत्र त्यस्तै देखिएको छ । त्यही कारणले गर्दा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरीरहेका छन् ।

प्राय सबै पार्टीहरुले आ आफ्नो पार्टीको विधान र दस्तावेजलाई लोकतान्त्रिक वनाएको उद्घोष गरीरहेका भएपनि व्यवहारमा लोकतान्त्रिक पद्धती अपनाईएको छैन । एउटै पार्टीभीत्र संस्थापन पक्ष र इतर पक्ष रहेका छन् । संस्थापन पक्षले इतर पक्षलाई वेवास्ता गर्दै आफूखुशी निर्णय गर्ने गरेका हुनाले पार्टीहरु कमजोर अवस्थामा पुगेका छन् । पार्टीभीत्र बैचारिक बहस नै हुन छाडेका छन् । वैचारिक वहस गर्नेलाई संस्थापन पक्षले पेल्ने काम गर्ने गरेका हुनाले पार्टीभीत्र लोकतान्त्रिक पद्धती, लोकतान्त्रिक सिद्धान्त र लोकतन्त्र प्रति नै घातक हुन थालेको छ । लोकतन्त्र भनेको जनताले मतदान गर्न पाउनु मात्र होइन । कम्युनिष्ठ शासन व्यवस्था भएका मुलुकहरुमा पनि जनताले मतदान गर्न पाएकै छन् ? ति देशहरुलाई पनि लोकतिान्त्रिक पद्धतीभीत्रै रहेका देश भन्ने त ? अहिलेका महत्वपूर्ण प्रश्न भनेको यहि हो । मतदान गर्न पाउनु मात्र लोकतन्त्र र लोकतान्त्रिक पद्धती होइन ।

footer